हिमालीपारिको जिल्ला मुस्ताङको घरपझोङ–५ ठिनी गाउँमा कृषकले उत्पादन गरेको रैथाने बाली उवालाई आगोमा भुट्दै स्थानीय बासिन्दा । मुस्ताङको रैथाने बाली उवालाई सातु र घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिन्छ । विशेषगरी सातु बिरामीलाई सुप ‘खु’ बनाएर खुवाउँदा चाँडो निको हुने जनविश्वास छ
Click on Photo to Enlarge
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा पर्ने श्री बाला त्रिपुरासुन्दरी मन्दिर । इस १११४ सालमा धान कुट्ने ओखलबाट उत्पति भएको लिखित इतिहास रहेको यो मन्दिर पूर्ण शक्तिपीठको रुपमा देश विदेशमा प्रसिद्ध छ । त्यतिमात्र नभई मन्दिर जन्माउने मन्दिरको रुपमा समेत परिचित रहेको छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा नेपाल मगर सङ्घ घोराहीको आयोजनामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८१ को उद्घाटन सत्रमा हिजो शनिबार सेरिङ्गे नृत्य प्रस्तुत गर्दै घोराहीका स्थानीय मगर कलाकार । पश्चिम नेपालमा विशेष उत्साहका साथ बासुरी र मादलको तालमा नाचिने सेरिङ्गे नाचलाई मयूर नाच पनि भनिन्छ
Click on Photo to Enlarge