म्याग्दी सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटकहरु । बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलालाई लक्षित गरेर कालीपुलमा रहेको होटलको अगुवाइमा कालीगण्डकीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ
Click on Photo to Enlarge
शंखरापुर नगरपालिका– ७ स्थित साँखुको धार्मिकस्थल शालीनदी क्षेत्रमा रहेको माधवनारायण स्तम्भ
Click on Photo to Enlarge
मध्यपहाडी राजमार्ग अन्तर्गत सङ्खुवासभा र तेह्रथुमको सिमाना लालिगुराँस नगरपालिका -१ लसुनेमा निर्माण गरिएको लसुन स्तम्भ
Click on Photo to Enlarge
तनहुँको पर्यटकीय नगरी बन्दीपुर । बन्दीपुर भ्रमण वर्ष २०२५ को घोषणा गरी यहाँका व्यवसायी पर्यटक भित्र्याउन लागिपरेका छन्
Click on Photo to Enlarge
मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र तालमा रहेको ‘नागथान’ । नागथानलाई स्थानीय भाषामा ‘लु’ भनिन्छ । यहाँ प्रत्येक तीन वर्षमा विशेष पूजापाठ गरिन्छ
Click on Photo to Enlarge
बन्दाबन्दै रोकिएको मायादेवी पार्कको मूलद्वार । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा तीन वर्षदेखि निर्माणकार्य रोकिएको छ। पार्क सिद्धार्थ गौतम बुद्धको आमाको नाममा निर्माण सुरु गरेको थियो
सर्लाहीको लालबन्दी नगरपालिका–३, सिस्वाजब्दी भैरवपुर खेलमैदानमा सोमबार थारू नयाँ वर्ष २६४८ तथा नवौँ माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रममा आफ्नो जातीय पोसाकमा सजिएका थारू युवती
Click on Photo to Enlarge
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–८ मा अवस्थित उग्रतारा मन्दिर । सुदूरपश्चिम प्रदेशको प्रशिद्ध शक्तिपीठ उक्त मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टीको अग्लो विशाल तथा रमणीय फाँटमा रहेको छ
Click on Photo to Enlarge
प्रसिद्ध धार्मिक गन्तव्य गोरखाको मनकामना मन्दिर । हरेक दिन यहाँ हजारौँ भक्तजन मन्दिर दर्शन गर्न आउने गर्दछन्