समुद्र सतहदेखि ५ हजार १०० मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङमा रहेको नेपाल-चीन सीमास्तम्भ
Click on Photo to Enlarge
हुस्सु र कुहिरो हटेसँगै खुलेको वीरगञ्जको घण्टाघरचोक । पछिल्लो समय वीरगञ्ज बजारमा हुस्सु र कुहिरो घट्दै गएको छ
Click on Photo to Enlarge
नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्ड बुधबार भक्तपुरको भोकेशनल एकेडेमीमा त्यहाँका कालीगडको काष्ठकला अवलोकन गर्नुहुँदै
Click on Photo to Enlarge
नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्डसहितको टोलीले बुधबार भक्तपुरको सम्पदा क्षेत्र अवलोकनको क्रममा यहाँको ऐतिहासिक सम्पदाको बारेमा जानकारी लिनुहुँदै
Click on Photo to Enlarge
बझाङको पाथिभेरा हिमालबाट देखिएको साइपाल हिमाल । गुराँस हिमशृङ्खलाअन्तर्गत पर्ने सुदूरपश्चिमको दोस्रो अग्लो हिमाल साइपालको उचाइ ७ हजार ३१ मिटर रहेको छ । यो हिमाल साइपाल गाउँपालिकाको वडा नं २ मा पर्दछ
Click on Photo to Enlarge
डोल्पाको जगदुल्ला गाउपालिका-३ स्थित हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र तीनमुली । यहाँ एकै ठाउँमा छुट्टाछुट्टै तीन वटा मुलबाट पानी निस्कने गर्दछ । यहाँ विभिन्न ठाउँबाट नुहाउन भक्तजन आउने गर्दछन्
Click on Photo to Enlarge
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुन झरनामा पानी जमेर बनेको हिउँको थुप्रो । समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर उचाईमा रहेको सुन झरना हिउँद याममा जमेको हेर्न पर्यटकहरु पुग्ने गर्दछन्
Click on Photo to Enlarge
मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल गाउँ । गोपाली समुदायको बसोबास रहेको यस गाउँमा पर्यटकका लागि घरबासको पनि व्यवस्था छ
Click on Photo to Enlarge
नेपाल—चीन सीमाको ५,१०० मिटर उचाइमा अवस्थित ताप्लेजुङस्थित टिप्ताला भञ्ज्याङमा गत बिहीबार पहिलो पटक मोटरसाइकल यात्रा गर्दै सिरिजङ्घा गाउँपालिकाका प्रविधिक चन्द्र माबो। नेपाल, भारत, र चीनलाई जोड्ने तमोर कोरिडोरमार्फत यहाँ पुग्न सकिन्छ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा गलैँचा बुन्दै उद्यमी महिलाहरु । यहाँ उत्पादन गरिएको गलैँचा चीनमा निर्यात हुँदै आएको छ । प्रति गलैँचा १० हजार देखि २५ हजार रुपैँया सम्ममा खरिद बिक्री हुने गर्दछ