लमजुङ क्वहोलासोथार गाउँपालिका–४ पर्यटकीय गाउँ भुजुङमा रहेको परम्परागत घुमाउने घर । गाउँघरबाट हराउँदै गएको मौलिक परम्परागत घुमाउने घर यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ
Click on Photo to Enlarge
भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित चट्टान कटान गरी निर्माण गरिएको सडक । सोही सडकमा हालै चार अर्ब २० करोडको बजेट अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेर स्तरोन्नती काम हुने भएको छ
Click on Photo to Enlarge
मनाङको नासो गाउँपालीका–१ तालगाउँ । मनाङको प्रवेशद्वारका रुपमा परिचित ६५ घरधुरी रहेको यस गाउँमा गुरुङ जातिको बाहुल्यता रहेको छ । यहाँका मानिसको मुख्य पेसा कृषि पशुपालन र पर्यटन व्यवसाय हो
Click on Photo to Enlarge
मकवानपुरको थाहा नगरपालिका–४ स्थित रहेको सिम भञ्ज्याङ पोखरी
Click on Photo to Enlarge
म्याग्दीको मालिका गाउँपालिका–७ मा पर्ने प्रभुचेला धुरी तपस्थली केन्द्रमा ध्यान र तप गर्नका लागि आएका भक्तजन । यहाँ निर्माण गरिएको धार्मिक संरचना र मुर्तिहरुको प्राण प्रतिष्ठा गरी गत श्रीपञ्चमीका दिनदेखि प्रभुचेला धुरीलाई तपस्थलीका रुपमा विकास गरिएको छ
Click on Photo to Enlarge
गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा पहाडी क्षेत्रबाट तराईमा बसाइसराइँको प्रचलन बड्दो। जसको कारण पहाडका गाउँहरु रित्तिएका छन् । अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटमा बसाइसराइँको कारण जीर्ण बनेका घरहरु
Click on Photo to Enlarge
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको किसानको खेतबारीमा आहारा खोज्दै गरेको झेकझेक झ्याप्सी चरा । झाडीयुक्त खुला क्षेत्र, घाँसे मैदान र खेतबारीमा यो चरा देखिने गर्दछ । तराई क्षेत्रमा पाइने यो चरा रैथाने प्रजातिको रहेको छ
Click on Photo to Enlarge
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरस्थित वन चरन क्षेत्रबाट गोठतर्फ फर्किदै गरेका गाईवस्तु । पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दो छ
Click on Photo to Enlarge
कैलालीको चुरे गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक गर्भादरबार । संरक्षण अभावमा उक्त दरबार जीर्ण बन्दै जान थालेको छ
Click on Photo to Enlarge
समुद्र सतहदेखि ५ हजार १०० मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङमा रहेको नेपाल-चीन सीमास्तम्भ