प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गास्थित म्याग्दी नदीको किनारमा स्नान स्थलका लागि निर्माणाधीन पोखरी । १५/१५ फिट लम्बाइ चौडाई र दुई दशमलव पाँच फिट उचाई भएको एक पटकमा ८० जनाले स्नान गर्न सक्ने क्षमता रहेको पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ
Click on Photo to Enlarge
घोराही उपमहानगरपालिका–५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा २०७५ सालमा स्थापना गरिएको विश्वको ठूलो त्रिशुल। पञ्च धातुबाट बनेको फाउन्डेसनसहित १३ हजार ३८० किलोग्राम र ५५.५ फिट उचाइ रहेको त्रिशुल हेर्नका लागि दैनिक पाँच सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् । महाशिवरात्रिका अवसरमा यही फागुन १४ गते विशेष मेला लाग्ने भएकाले यहाँ अहिले मन्दिर सजाउने काम भइरहेको छ
Click on Photo to Enlarge










