मङ्गलबार, पुष ०९, २०८१

एनपिएल : विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दियो


काठमाडौँ, २७ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यसैगरी लोकेस बमले २६ रन बनाउँदा बासिर अहमदले २१ रन जोडे । निकोलस किर्तनले १९ रन, क्रिस सोलले ७ तथा मार्टिन गप्टिल ५ रन बनाए ।

पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान दुई दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक एक विकेट झारे । पोखरा अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading