07/08/2025, 18:00:42

‘ओपेक प्लस’ले तेल आपूर्ति कटौती गर्नसक्ने अनुमान


काठमाडौँ, २० मङ्सिरः  ओपेक तेल कार्टेल र यसका सहयोगीहरूले बिहीबार कच्चा तेलको विश्वव्यापी बजारमा मूल्यमा तीव्र गिरावट नआओस् भनेर आपूर्ति कटौतीको अवधि बढाउने अपेक्षा गरिएको छ । आइतबारका लागि तय गरिएको बैठकमा सदस्यहको उपस्थितिमा देखिएको ढिलाइले मूल्य वृद्धिको कटौतीलाई निरन्तरता दिन सकिनेमा केही शङ्का उत्पन्न भएको छ ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

ओपेक प्लसले पहिलो त्रैमासिकको अन्त्यसम्म थप तीन महिनाका लागि उत्पादन वृद्धि स्थगित गर्ने बिहीबार निर्णय गर्ने अपेक्षा गरिएको छ,” कमर्स बैङ्कका विश्लेषक कार्स्टन फ्रिट्सले भन्नुभयो ।  “केही देशहरू उत्पादन बढाउन चाहन्छन् त्यसैले अझै पनि अनिश्चितताहरू छन्,”उहाँले थप्नुभयो ।

भियनास्थित ओपेक सङ्गठन निकट स्रोतका अनुसार भर्चुअल बैठक स्थानीय समयअनुसार बिहीबार ११ः३० बजे सुरु हुनेछ । प्रति दिन २.२ मिलियन ब्यारेलको स्वैच्छिक अतिरिक्त उत्पादन कटौती गर्दै आएका आठ देशहरूले हाल जनवरीबाट उत्पादन बढाउन सुरु गर्ने तयारीमा छन् । उनीहरू नयाँ सम्झौता बिना नै उत्पादनलार्ई क्रमशः बढाउँदै सन् २०२२ को स्तरमा फर्काउन चाहेका छन् ।

अल्जेरिया, इराक, कजाकिस्तान, कुवेत, ओमान, रुस, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) ले अक्टोबर र त्यसपछि डिसेम्बरमा सुरु भएको उत्पादन वृद्धिलाई दुई पटक पछाडि धकेलिसकेका छन् । आपूर्ति कटौतीले बजारमा मौन प्रभाव मात्र पारेको छ, अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी तेल उत्पादनलाई बढावा दिने नीतिहरू अपनाउने अपेक्षा गरिएको छ अर्थव्यवस्था कमजोर रहेको सन्दर्भले गर्दा चीनको माग दर कमजोर छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत महिना आफ्नो हालको सन्तुलनले ओपेक प्लस कटौती कायम रहे पनि विश्वव्यापी आपूर्ति अर्को वर्ष प्रति दिन १० लाख ब्यारेलभन्दा बढी अर्थात् मागभन्दा बढी हुने देखिन्छ।  ओपेक प्लस राष्ट्रहरूले हाल दैनिक ६० लाख ब्यारेल तेल रोकेका छन्, जसमा दैनिक २२ लाख ब्यारेल तेल उत्पादन पनि समावेश छ जुन उनीहरूले बजारमा फिर्ता ल्याउने बारे छलफल गरिरहेका छन् ।

डीएनबी बैंकका विश्लेषकहरूले बजारमा ‘सन् २०२५ मा ओपेक + तेलको लागि अतिरिक्त कुनै ठाउँ छैन’ र उत्पादनमा वृद्धिले कच्चा तेलको मूल्यलाई तल धकेल्ने बताएका छन्। यसले साउदी अरबलाई अप्रसन्न बनाएमा यसले उसको अर्थव्यवस्थालाई विविधीकरण गर्ने प्रयासहरूको लागि तेलको उच्च मूल्यमा निर्भर बनाउँछ ।

भिजन २०३० का लागि साउदी अरब बलियो मूल्यमा अत्यधिक निर्भर छ र उत्पादन कटौतीका साथ संयुक्त ओपेकको आवश्यकता छ,” इनर्जी इन्टेलिजेन्सका विश्लेषक अमेना बकरले भन्नुभयो । साउदी अरब र रूसले ओपेक प्लसमा प्रभुत्व जमाएसँगै धेरै विश्लेषकहरूले आशा गरेका छन् कि उनीहरूले अन्ततः अन्य देशहरूलाई आपूर्ति वृद्धिको थप स्थगनमा सहमत हुन राजी गराउनेछन्।

रिस्टाड इनर्जीका विश्लेषक जर्ज लियोनले भन्नुभयो, “अन्य देशहरू उत्पादन बढाउन चाहन्छन् र यसका लागि विशेष गरी कजाखस्तान र संयुक्त अरब इमिरेट्समा ‘अतिरिक्त क्षमता’ छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading