11/20/2025, 16:33:49
बिहिबार, मङि्सर ०४, २०८२

मौलाकालिका केवलकार सञ्चालनमा


गैंडाकोट, मङ्सिर ४ गते । जेनजी आन्दोलनमा आगजनी भएको मौलाकाली केबलकार आज देखि सञ्चालनमा आएको छ । मौलाकालीका केबलकारका प्रवन्धक सुरज पौडेलले भदौ २४ गते देखि बन्द रहेको केबलकार आज देखि मर्मत सकेर सञ्चालनमा आएको बताउनुभयो ।

“आजदेखि सञ्चालनमा आएको केबलकार अब छिट्टै सर्वसाधारणका लागि सञ्चालनमा आउने छ,” प्रबन्धक पौडेलले भन्नुभयो । पौडेलले अहिलेसम्म गरेका परीक्षणहरू सफल भएको बताउँदै अब हामी अझै केही परीक्षण पछि चाँडै सर्वसाधारणका लागि खुला गर्छौं भन्नुभयो ।” 

केवलकार सर्वसाधारणका लागि खुला गर्न अन्तिम तयारी भएको र कम्पनिले आईतबार प्राविधिक परिक्षण सफलता पूर्वक सम्पन्न गरेको पौडेलको भनाइ छ । बुधबार बिहानबाट नियमित केवलकार सञ्चालन भएको पौडेलले बताउनुभयो ।

मौलाकालिका देवीको दर्शन गर्नका लागि यसले सहज बनाएको छ । पौडेलका अनुसार केबलकारमा १२ वटा डब्बा रहेका छन् । जसमा एक पटकमा ९६ जना ओहोरदोहोर गर्न सक्छन् । १२ सय मिटर लम्बाइको यो केबलकारबाट माथिल्लो स्टेसन पुग्न पाँच मिनेट समय लाग्छ । यहाँ दैनिक पाँच सयदेखि दस हजारसम्म दर्शनार्थी आउने गरेको तथ्याङ्क छ । केबलकारको माथिल्लो स्टेसनमा होटल इला सञ्चालित छ, जहाँ पर्यटकहरू देवघाट, चितवन र नवलपरासीका मनोरम दृश्य अवलोकन गर्न पुग्छन् प्रबन्धक पौडेलले बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..