जनकपुरधाम, मङ्सिर ३ : मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको पद अनुकुल आचरण नगरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ।
मधेश प्रदेश सभाको बुधबारको वैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले प्रस्तुत गर्नु भएको उक्त प्रस्ताव माथि मतदान हुँदा पक्षमा नेपाली काँग्रेससहित सात राजनीतिक दलका प्रदेश सभा सदस्यहरुले मतदान गर्नुभएको थियो। प्रस्तावको पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ।
मधेश प्रदेश सभामा उपस्थित रहनु भएका ७८ प्रदेश सभा सदस्यमध्ये ७६ ले उक्त प्रस्तावको पक्षमा मत दिनुभएकाले उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो। प्रस्तावको विपक्षमा कुनै पनि मत नपरेको बैठकको अध्यक्षता गर्नु भएका उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभाको बैठकमा घोषणा गर्नु भएको थियो।
आजकै बैठकमा प्रदेश सभाका पाँच जना सदस्यलाई पदमुक्त गर्ने निर्णयका विरुद्धमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख बविताकुमारी राउत ईशरले बैठकमा पढेर सुनाउनु भएको थियो।

– धर्बेन्द्र झा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













