काठमाडौँ, मङ्सिर २ : विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई दुई सय २१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार साँझ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २० रन बनायो । यो एनपिएल कै सर्वाधिक ठुलो योगफल हो ।
विराटनगरका लागि ओपनर लोकेश बम र मार्टिन गुप्टिलले अर्धसतकीय पालि खेल्नुभयो । लोकेशले ४८ बलमा एक चौका र सात छक्काको सहयोगमा सर्वाधिक ७२ रन बनाउनुभयो ।

मार्टिन गुप्टिलले ६१ रन बनाउनुभयो । गुप्टिलले ३५ बलमा तीन चौका र पाँच छक्का हान्नुभयो । यस्तै शुभम् रन्जनेले ३८, बसिर अहमदले २३, नारायण जोशीले अविजित ११ र जर्ज मुन्सीले १० रन बनाउनुभयो ।
बलिङमा पोखराका म्याट टेलरले दुई तथा सागर ढकाल, कुशल भुर्तेल र आकश चन्दले एक एक विकेट लिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












