11/12/2025, 15:37:02
बुधबार, कार्तिक २६, २०८२

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे


मनिला, कात्तिक २६ गते ।  फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरुले बुधबार बताएका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद (एनडीआरआरएमसी) आइतबार सुपर आँधीको रूपमा आएको फङ-वङले उत्तर-मध्य लुजोन पार गर्दा अवतरण हुनु अघि कम्तिमा २७ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना अझै बेपत्ता रहेको बताएको छ ।

नोभेम्बर-४ मा आएको कालमेगी चक्रवातले मध्य फिलिपिन्समा बाढी र पहिरो निम्त्याउदा  २३२ जनाको मृत्यु हुनुका साथै ११२ जना बेपत्ता भएको तथा ५०० बढी घाइते भएको जनाइएको छ । चक्रवातका कारण अधिकाशं मृत्यु सेबु प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जुन सेप्टेम्बर-३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पबाट पनि धेरै पीडित छ ।

एजेन्सीका अनुसार चक्रवातले लाखौं बासिन्दालाई विस्थापित गरी घर, खेतबारी र सडक तथा पुल सहित प्रमुख पूर्वाधारको विनाश निम्त्याको छ । फङ-वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औँ उष्णकटिबंधीय चक्रवात थियो जसले देशको वार्षिक औसत २० आँधीलाई पार गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..