11/06/2025, 15:03:00
बिहिबार, कार्तिक २१, २०८२

बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा, उज्यालो नेपाल अभियानका नेताहरूसँग भट्टराईले छलफल गरेका हुन् ।

पुराना राजनीतिक दलहरूलाई निर्वाचनबाट नै परास्त गर्ने गरी नयाँ र वैकल्पिक शक्तिहरूले छलफल प्रारम्भ गरेका छन् ।

बिहीबार बिहान नयाँ बानेश्वरमा भएको छलफलमा भट्टराईले जेनजी विद्रोहका कारण दुलामा लुकेका पुराना भ्रष्ट नेताहरूले फेरि टाउको उठाउने प्रयास गरेको भन्दै उनीहरूलाई निर्वाचनबाटै परास्त गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी भएका सुदन किरातीले जानकारी दिए ।

‘बाबुराम भट्टराईको अग्रसरतामा पुराना भ्रष्ट शक्तिहरूलाई कसरी परास्त गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भयो । जेनजी विद्रोहपछि पुराना भ्रष्ट शक्तिहरू रूपान्तरित हुनुभन्दा अझै हुँकार गर्न थालेका छन् । जेनजी विद्रोह सामान्यकरण हुँदै गयो । भ्रष्ट दलहरूलाई निर्वाचनबाट नै पराजित गर्न नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो’, किरातीले भने ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..