काठमाडौँ, कात्तिक १८ गते । नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) तल्लो मुलपानी मैदानमा सुरु भएको छ ।
डे–नाइट मोडमा सञ्चालित प्रतियोगिताको पहिलो दिन सोमबार अपन जनकपुरले काठमाडौँ किङ्सलाई ३७ रनले हरायो ।
यस्तै दोस्रो खेलमा बिराटनगत रोयल्सले लुम्बिनी राईडर्स लाई १३ रनले पराजित गरेको छ । अर्को खेलमा पोखरा फाल्क्न्सले कर्णाली हाईल्यान्दर्समाति नीन रनको रोमाञ्चक जित निकाल्यो ।

										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    





