10/29/2025, 18:46:30
बुधबार, कार्तिक १३, २०८२

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु


त्रिपोली (लिबिया), कात्तिक १२ गते । पश्चिमी लिबियाको जाविया तटमा आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।

जावियाको आपतकालीन सेवा तथा उद्धार टोलीले डुङ्गाबाट ९२ जनाको उद्धार गरी उनीहरुको जिवन बचाउन सफल भएको उल्लेख गर्दै समुद्रमा डुङ्गा डुब्दा बेपत्ता भएका व्यक्तिको खोजी जारी रहेको बताएको छ ।

लिबियाका अधिकारीहरूले हालै बेनगाजीको पूर्वमा लिबियाको तट पार गर्ने अनियमित (गैरकानुनी) आप्रवासीको सामूहिक प्रयासलाई असफल तुल्याएको जनाएका छन् । पछिल्लो समय लिबिया युरोप पुग्न खोज्ने अनियमित आप्रवासीका लागि ट्रान्जिट पोइन्ट बनिरहेको जनाइएको छ । 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..