काठमाडौँ, असोज ३० : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपियाँ ६३ पैसा र बिक्रीदर १४१ रूपियाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रूपियाँ ५३ पैसा र बिक्रीदर १६४ रूपियाँ २३ पैसा रहनेछ ।
यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपियाँ ८७ पैसा र बिक्रीदर १८८ रूपियाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७५ रूपियाँ ७३ पैसा र बिक्रीदर १७६ रूपियाँ ४८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रूपियाँ ६८ पैसा र बिक्रीदर ९२ रूपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपियाँ २० पैसा र बिक्रीदर १०० रूपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपियाँ ५१ पैसा र बिक्रीदर १०८ रूपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ २९ पैसा र बिक्रीदर नौ रूपियाँ ३३ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ७३ पैसा र बिक्रीदर १९ रूपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ ५० पैसा र बिक्रीदर ३७ रूपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ ५८ पैसा र बिक्रीदर ३८ रूपियाँ ७५ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ३२ पैसा र बिक्रीदर चार रूपियाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपियाँ २९ पैसा र बिक्रीदर ३८ रूपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपियाँ २३ पैसा र बिक्रीदर ३३ रूपियाँ ३७ पैसामा विनिमय हुनेछ ।
साउथ कोरियन वन १०० को खरिददर ९ रूपियाँ ८८ पैसा र बिक्रीदर ९ रूपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ८३ पैसा र बिक्रीदर १४ रूपियाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ९० पैसा र बिक्रीदर २१ रूपियाँ ९९ पैसा तोकिएको छ ।
यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपियाँ ०९ पैसा र बिक्रीदर १८ रूपियाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपियाँ १६ पैसा र बिक्रीदर ४६० रूपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रूपियाँ ०५ पैसा र बिक्रीदर ३७४ रूपियाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपियाँ २५ पैसा र बिक्रीदर ३६६ रूपियाँ ८१ पैसा रहेको छ । भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।