10/16/2025, 13:29:17
बिहिबार, असोज ३०, २०८२

एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न ओलीको चेतावनी


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।

उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए ।

‘कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’ ओलीले भने, ‘एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो । व्यवहारमा यसले पुष्टि गरेको थियो । देखाएको थियो ।’

उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको दाबी गरे ।

‘हामी सरकारमा हुँदा र हट्दा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकले भनेको छ । ३ प्रतिशत यही वर्ष आर्थिक वृद्धिदर घट्छ भन्यो,’ उनले भने ।

उनले पार्टीले देशको स्वाभिमान कायम गर्नका लागि काम गरेको बताए ।

उनले आर्थिक रूप र दिगो विकासका लक्ष्यमा काम गरिरहँदा अर्को वर्ष नेपाललाई अल्पविकसितबाट विकसित राष्ट्रमा विकसित गर्ने अनुकूल स्थिति सिर्जना गरिहरेका उल्लेख गरे ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..