लन्डन । अमेरिकी सरकारले १४ अर्ब डलर (१४ खर्ब २३ अर्ब ८० करोड नेपाली रुपैयाँ) भन्दा धेरै मूल्य बराबरको बिटक्वाइन जफत गरेको छ । कम्बोडियाको एउटा बिजनेस एम्पायर प्रिन्स ग्रुपका संस्थापकलाई क्रिप्टोकरेन्सी घोटाला चलाएको अभियोग लगाउँदै सो मूल्यका क्रिप्टोकरेन्सी जफ्त गरिएको हो ।
बेलायती तथा कम्बोडियाली नागरिक चेन झिलाई मंगलबार न्यूयोर्कमा षडयन्त्र गरेको अनि सम्पत्ति शुद्धीकरण घोटाला चलाएको अभियोग लगाइएको छ । संयुक्त कारबाहीको हिस्सा अन्तर्गत अमेरिका र बेलायतले चेनको व्यवसायमाथि प्रतिबन्ध लगाएका छन् ।
बेलायत सरकारले उनको नेटवर्कको स्वामित्वमा रहेको सम्पत्ति रोक्का गरेको छ । यसमध्ये १९ वटा सम्पत्ति बेलायतमा थिए । यीमध्ये एउटाको मूल्य झन्डै १० करोड पाउन्ड भएको बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















