काठमाडौं, २३ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६१ जना सुरक्षाकर्मी फिर्ता गरिइएको छ । सरकारले पूर्व प्रधानमन्त्रीहरुले मापदण्डभन्दा बढी लिएको सुरक्षा सुविधा फिर्ता गरेको हो ।
पूर्व प्रधानमन्त्रीहरु ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी मापदण्डभन्दा बढी राख्दै आएका थिए । गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त ओली–प्रचण्डको गरी ६१ जना सुरक्षाकर्मी फिर्ता गरिएको हो ।