काठमाडौँ, असोज २२ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक असोज २६ गते बस्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सो बैठक बस्दैछ । यस बैठकमा जेन्जी आन्दोलनपछिको नयाँ राजनीतिक अवस्था र प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएपछि कांग्रेसको पहिलो कार्यसमितिको बैठक बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्दैछ। समसामयिक राजनीतिक विषयमा सघन छलफल हुने छ ।”
उहाँका अनुसार बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुनुहुने छ । भदौ २४ गते सभापति देउवाको निवासमा भएको आगजनीपछि उहाँ अहिलेसम्म सार्वजनिक कार्यक्रममा देखिनु भएको छैन।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















