काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले राजदूत तथा नियोग प्रमुखहरूसँग छलफल गरेपछि आवश्यक निर्देशन पनि दिइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।
जेनजी आन्दोलनपछि विभिन्न देशले भिजिट भिसामा रोक लगाएको छ । नेपालमा पर्यटकहरूको आगमनमा कमी र वैदेशिक लगानी लगायतका विषयमा प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिनुको साथै आवश्यक निर्देशन दिने बताइएको छ ।