10/04/2025, 12:58:36
शनिबार, असोज १८, २०८२

लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने


काठमाडौँ, असोज १८ : लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्‌को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले अनुगमन र निगरानी गर्न आग्रह गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।