काठमाडौँ, भदौ २६ : नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुरक्षासहित जङ्गीअड्डा लगेको छ ।
अन्तरिम सरकार गठनको विषयमा छलफलका लागि कार्की र प्रसाईंलाई जङ्गीअड्डा लगिएको स्रोतले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि समर्थन गर्ने बताएका थिए । बालेनको उक्त निर्णयमा जेन–जी पनि सहमत भएपछि आज सेनाको समन्वयमा नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल हुँदै छ ।