09/09/2025, 17:03:13
मङ्गलबार, भदौ २४, २०८२

कृषिमन्त्री अधिकारीद्वारा राजीनामा


काठमाडौं, भदौ २४ : नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनु भएको छ ।

धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित अधिकारीले भदौ २४ गते सिंहदरबारमा लिखित वक्तव्य सार्वजनिक गर्दै आफूले मन्त्री पदबाट राजीनामा दिएको जानकारी दिनु भएको हो ।

अधिकारीले लोकतन्त्रमा नागरिकले प्रश्न सोध्ने, शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई सम्मान गर्नुको साटो दमन भएको आरोप पनि  लगाउनु भएको छ ।

“मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले नैतिक रूपमा क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा गरेको जानकारी गराउँदछु,” मन्त्री अधिकारीले भन्नु भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..