काठमाण्डाै,भदौ २२ : नेकपा (एमाले) को दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि समूहगत सुझावको प्रस्तुतीकरण सकिएको छ ।
लतिलपुरको गोदावरीमा चलिरहेको महाधिवेशन केन्द्रमा आज तेस्रो दिन प्रतिवेदनमाथि छलफल गर्न बनेका १० वटै समूहले प्रस्तुतीकरण सम्पन्न गरेका एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
उहाँका अनुसार समूहगत नेताले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरूमाथि सुझावसहित मूल अवधारणामा सहमति जनाएका छन् ।
यसैबीच विधान महाधिवेशनका बहमुत प्रतिनिधिहरूले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने मत दिएका छन् । १० वटै समूहका प्रतिनिधिले पछिल्लो केन्द्रीय कमिटीको निर्णयलाई सकारात्मक भन्दै पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउँदा पदको गरिमा असर पर्ने बताएका छन् ।
प्रचार विभागका प्रमुख गौतमका अनुसार गठित समूहमा झन्डै २ देखि ३ प्रतिशत प्रतिनिधिहरूले मात्रै भण्डारीको सदस्यता रोक्न नहुने धारणा राखेका छन् । प्रतिवेदनमाथि आएका सुझावमा सम्बन्धित नेताहरूले जवाफ दिएपछि पार्टीको विधान पारित गर्ने योजना छ ।
एमालेको यो विधान महाधिवेशनमा ७० वर्षीय उमेर हद र एउटै नेता दुई कार्यकारी पदमा बस्न नहुने प्रावधानलाई हटाएर पारित गर्न लागिएको छ ।