मङ्गलबार, माघ ०१, २०८१

२०२६ का लागि अमेरिकी सरकारको आज रातिदेखि ई-डीभी खुल्दै


१६ असोज, काठमाडौं । सन् २०२६ का लागि अमेरिकी सरकारले ई-डीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९:४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।

यसको आवेदन https://dvprogram.state.gov मा नभेम्बर ५ , राति १०ः ४५ बजे (नेपाली समय) सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ । दूतावासले प्रति व्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading