मङ्गलबार, पुष ०९, २०८१

अब बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट काट्ने यातायात व्यवस्था विभागको निर्णय


१५ असोज, काठमाडौं । अब बाटो अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङले निरन्तरता पाउने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला पक्षहरूको बैठकले अहिलेसम्म टिकट काटेकाको यात्रा सुनिश्चितता गर्दै अब बाटोको अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय गरेको हो ।

मंगलबारको बैठकमा बाढी पहिरोमा परेका यातायात व्यवसायीलाई क्षति-पूर्तिको व्यवस्था गर्ने, काठमाडौँबाट नारायणगढसम्म उज्यालोमा मात्रै गाडी चलाउने व्यवस्था गर्ने, रेड जोनमा परेका क्षेत्रमा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने लगायत १० बुँदे सहमति पनि गरेको छ ।

बाटोको अवस्था खराब भएपछि बिहान यातायात व्यवसायीहरू टिकट बन्द गर्ने मनस्थितिमा पुगेका थिए । अहिले भने टिकट बुकिङको घोषणा नगरी अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय भएको हो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading