08/28/2025, 12:17:12

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, भदौ १२ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ र बिक्रीदर १४० रुपियाँ ६० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ १७ पैसा र बिक्रीदर १६२ रुपियाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ ०३ पैसा र बिक्रीदर १८८ रुपियाँ ८४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ४७ पैसा र बिक्रीदर १७४ रुपियाँ २१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ५१ पैसा र बिक्रीदर ९० रुपियाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०९ पैसा र बिक्रीदर १०१ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ५८ पैसा र बिक्रीदर १०९ रुपियाँ ०५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ५५ पैसा र बिक्रीदर १९ रुपियाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १२ पैसा र बिक्रीदर ३८ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०६ पैसा र बिक्रीदर ३३ रुपियाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०१ पैसा र बिक्रीदर १० रुपियाँ ०६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५९ पैसा र बिक्रीदर १४ रुपियाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७२ पैसा र बिक्रीदर २१ रुपियाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९९ पैसा र बिक्रीदर १८ रुपियाँ ०६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ७९ पैसा र बिक्रीदर ४५९ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७२ रुपियाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपियाँ २२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्क उपलब्ध हुने जनाइएको छ ।