08/25/2025, 10:41:09

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, भदौ ९ : नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७६ पैसा र बिक्रीदर १४० रुपियाँ ३६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपियाँ ०५ पैसा र बिक्रीदर १८९ रुपियाँ ८६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपियाँ ३६ पैसा र बिक्रीदर १७५ रुपियाँ ११ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ०८ पैसा र बिक्रीदर १०१ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०७ पैसा र बिक्रीदर १०९ रुपियाँ ५४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०६ पैसा र बिक्रीदर ३३ रुपियाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ७१ पैसा र बिक्रीदर १४ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८८ पैसा र बिक्रीदर १७ रुपियाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ६६ पैसा र बिक्रीदर ४५९ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७० पैसा र बिक्रीदर ३७२ रुपियाँ २९ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।