08/21/2025, 10:50:36

नबिल बैङ्क ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५’ को अवार्डबाट सम्मानित


काठमाडौँ, भदौ ५ : नबिल बैङ्क लिमिटेड युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ को बेस्ट बैङ्क फर सस्टेनेबल फाइनान्स अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड रहेको नबिल बैङ्कले जनाएको छ ।

नबिलले वार्षिक रूपमा गरेका दिगो बैङ्किङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्राप्त भएको जनाएको छ । ग्राहकलाई उपलब्ध गराउँदै आएको बैङ्किङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहललगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैङ्कले जनाएको छ ।

यसअघि सन् २०१०, सन् २०२०, सन् २०२१, सन् २०२२ र सन् २०२४ मा विभिन्न विधामा युरो मनी अवार्ड फर एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेको बैङ्कले जनाएको छ ।