१५ असोज, काठमाडौं । विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलले प्रसाईंविरुद्ध परेका दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए। प्रसाईंले मंगलबार नै सो रकम बुझाएर रिहा भएका हुन्।
उनी विरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौलाले उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई असोज ६ गते पक्राउ गरेको थियो। उनीविरुद्ध अर्को पनि उजुरी परेको थियो। ८ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि ब्यूरोले प्रतिवेदन बुझाएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













