काठमाडौँ, ४ भदौ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतामा ठुलो असन्तुष्टि प्रकट भइरहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जनतामा बढ्दो असन्तुष्टि ठुलो चुनौती बन्दै गइरहेको बताएका हुन्।
उनले भने, ‘संसद्, सरकार र संवैधानिक अदालतको गतिविधिहरूका कारण जनतामा असन्तुष्टि व्यक्त भइरहेको छ। यो हाम्रो लागि चुनौती हो। राज्य र राजनीतिको लागि पनि चुनौती हो त्यसप्रति हामी सचेत बन्नुपर्छ।’
उनले जनअपेक्षित काम नभएकै कारणले प्रश्न उठेको बताए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















