१४ असोज, काठमाडौं । सोमबारबाट रात्रिकालिन बस चल्न थालेका छन्। काठमाडौँ नयाँ बसपार्कबाट नागढुंगाको बाटो हुँदै गन्तव्यमा पुग्न बस छुटेका हुन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गंगबुबाट विभिन्न गन्तव्यमा गाडी छुटेको बताएका छन्। उनले ४ दिनदेखी रोकिएका बस आजबाट गुड्न थालेको बताए।
‘असोज ११ गतेबाटै बसहरु चल्न पाएका थिएनन्, सोमबार ३ बजेट बसपार्कबाट रात्रिकालिन बस छुटेको छन् । दैनिक १२ सय बढी यात्रुबाहक बस बाहिर जाँदैछन्, सडक धरापनै भएपनि अन्य विकल्प नहुदा यात्रुको चाँप बढी रहेको छ ।’ सिटौलाले भने । उनले काठमाडौँ उपत्यकाबाट करिब १२ सय यात्रुवाहक सवारी साधन काठमाडौँ बाहिर जाने बताए ।

बीपीराजमार्ग, कान्तीपथ लगायतका सडक बन्द हुँदा त्रिभुवन राजमार्ग हुँदै गाडी गुड्न थालेको बताउँछन्। काठमाडौँको नयाँ बसपार्कमा दसैँमा बाहिर जान टिकट काट्ने सहित गाडी चढ्ने यात्रुको भिड रहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













