१८ साउन, काठमाडौं : सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा आएको छ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आज दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!















