कञ्चनपुर, १६ असार : लगातारको वर्षापछि डुबानका कारण कञ्चनपुरमा दस परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका–७, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई गरी दस परिवार विस्थापित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार पनुर्वास नगरपालिका–५ पशुपतिचोक नजिकैमा डुबानका कारण सात परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीले नजिकै छिमेकीको घरमा सारेको छ ।
यसैगरी कृषिपुर नगरपालिका–७ कार्कीकटानमा गोदावरी खोलाको बाढीका कारण दुई परिवार विस्थापित भएका छन् । भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलमा पनि डुबानका कारण एक परिवार विस्थापित भएका छन् । घर डुबानमा परेपछि पाँचजनासहित गाई, भैंसी र बाख्रालाई सुरक्षित स्थानमा सारिएको छ ।
‘अहिले पानी पर्न रोकिएको छ, डुबान कम भएपछि विस्थापित घर फर्किन सक्छन्, तर राति फेरि पानी परेमा जोखिम हुन सक्छ,’ डिएसपी बोहराले भने, ‘नदी नालाको बहाव पनि कम हुँदै गएको छ ।’