काठमाडौँ, २३ जेठः नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यसैगरि, एक तोला चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण भएको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको हो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।