काठमाडौँ, १३ जेठः आज (मंगलबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ।सोमबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको मूल्य आजपनि प्रतितोला दुई सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नब्बे हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख एकान्नब्बे हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय पन्चानब्बे रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दश रूपैयाँ घटेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















