03/31/2025, 07:12:47

लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य : अर्थमन्त्री पौडेल


लुम्बिनी, १३ चैतः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताउनुभएको छ । उहाँले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

कान्तिपुर मिडिया ग्रुपले रुपन्देहीमा आज आयोजना गरेको एक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी धेरै फराकिलो रहेको र निजी क्षेत्रका लागि महत्त्वपूर्ण ठाउँ रहेकाले सम्भावनालाई व्यवसायसँग जोड्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले लुम्बिनीले नेपालको सिङ्गो अर्थतन्त्रलाई उचाइमा पु-याउन सामथ्र्य राख्न सक्ने भएकाले सहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रको हिसाबले लुम्बिनीलाई अग्रणी स्थानमा पु-याउने गरी भएका प्रयासमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

बुद्ध जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएको महत्त्वपूर्ण सम्पदासँगै यहाँ राम्रा र स्तरीय होटलहरु छन्”, उहाँले भन्नुभयो, “बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने बताउनुभयो ।

उहाँले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड बर्खाअघि नै एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी सम्पन्न हुने जानकारी दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ