भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’ को नेपाली बजारमा ल्याएको छ । नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गर्दै बिक्रीका लागि बुकिङ खुलासमेत गरेको छ ।
कम्पनीका अनुसार यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरुले सम्पन्न रहेको छ । यसको सुरुआती मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ ।
यस्तै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ । गाडी सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा आएको यो गाडीले नेपाली ग्राहकहरुको रोजाइमा पर्ने बताए ।
टाटा प्यासेन्जर अन्तर्गतको इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले नेक्सन केथ्री इभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि बनाउने दाबी गरे ।