काठमाडौँ, ५ पुसः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् र जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
शत्प्रतिशत दिन्छौँ: दीपेन्द्रसिंह ऐरी, कप्तान सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शत्प्रतिशत योगदान दिने बताउनुभएको छ । फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गर्नुभयो । “त्यस्तो कुनै विशेष योजना छैन् । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शत्प्रतिशत दिन्छौँ”, पत्रकार सम्मेलनमा दीपेन्द्रले भन्नुभयो ।
कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राख्नुभयो । “सबै राम्रो भइरहेको छ । पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ”, उहाँले भननुभयो, “हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शत्प्रतिशत दिनेछौँ ।”
राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख, कप्तान, जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । उहाँले भननुभयो, “आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।”
कप्तान शेखले भन्नुभयो, “भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













