12/11/2025, 22:12:29
बिहिबार, मङि्सर २५, २०८२

ललितपुरमा स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु


काठमाडौँ, मङ्सिर २५ : उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक बिहीबार अपराह्न ४ बजेतिर एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किएको छ ।

दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजिव सिन्हाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बा ५१ प ९५६९ नम्बरको स्कुटरका चालक सिन्हाको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

स्कुटरसहित कुपण्डोलबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार र बा प्र ०१–०२९ नम्बरको भ्यान समेत ठोक्किन पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..