02/12/2026, 17:43:50
बिहिबार, माघ २९, २०८२

‘बालुवाटारबाट भागेको होइन, क्याजल्टी नहोस् भनेर मुकाम परिवर्तन गरेको हुँ’ : ओली


काठमाडौँ, मङ्सिर २५ गते।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताउनुभएको छ। प्रेस चौतारी, नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।

बालुवाटारबाट भागेको भन्ने आरोपको खण्डन गर्नुहुँदै उहाँले भदौ २४ गते आफू भागेको नभई थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छाडेर हिँडेको प्रष्ट पार्नुभएको हो।

आफू देश छाडेर कतै नगएको बताउँदै ओलीले भन्नुभयो, ‘उनीहरूको ज्यान बचाउनको लागि मैले भदौ २४ गते मुकाम परिवर्तन गरेँ।’

त्यसैगरी ओलीले पार्टी भित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही मानिस आफू विरुद्ध वैरभाव राखेर लागेको आरोप लगाउनुभएको छ।

‘उहाँलाई के भएको छ कुन्नी उहाँ त्यसरी नलागेको भए हुन्थ्यो’, उहाँले भन्नुभयो।

सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको छानबिनका लागि बनाएको समितिमा बयान दिन जाने नजाने विषय आफ्नो भएको भन्दै ओलीले अर्ती नदिनसमेत वरिष्ठ उपाध्यक्ष पोखरेललाई सुझाव दिनुभएको छ।

ओलीले भन्नुभयो,  ‘सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने मेरो कुरा हो। उहाँले यसमा अर्ती नदिनु राम्रो हुन्छ।’ 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..