12/11/2025, 22:13:17
बिहिबार, मङि्सर २५, २०८२

संखुवासभा कांग्रेसबाट प्रतिनिधिसभाका लागि पठायो ९ जनाको नाम


संखुवासभा, २५ मङ्सिर : कांग्रेस संखुवासभाले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि जिल्लाबाट नौ जनाको नाम सर्वसम्मतिले सिफारिस गरेको छ ।

जिल्ला समितिको बिहीबारको बैठकले आकांक्षीको संख्या धेरै रहेकाले निर्वाचन क्षेत्रअनुसार तीन–तीन जनामा सीमित गर्न नसकेपछि ९ जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो । कांग्रेसले प्रतिनिधिसभातर्फ अनन्तकुमार गौली, दीपक खड्का (पूर्वउर्जामन्त्री), दीपनकुमार श्रेष्ठ, एगराज पोखेल, पासाङ शेर्पा, रामकुमार थापा, तारामान गुरुङ, उमेश चौहान र उर्मिला पाण्डे गौली (महिला कोटा) बाट सिफारिस गरेको हो ।

त्यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ विना पौडेल, ज्ञानबहादुर कार्की, जीवनकुमार सुन्दास, कल्पना कार्की, कुमारबाबु अधिकारी, मुना दाहाल, रामबहादुर बस्नेत, शेरबहादुर बन, सीतादेवी भट्टराई र उषा कार्कीलाई सिफारिस गरिएको हो ।

आकांक्षी धेरै भएपछि दलभित्रको एकता कायम राख्दै सबै नाम समेटिएको जिल्ला नेतृत्वले बताएको छ ।

त्यस्तै राष्ट्रियसभातर्फ पनि पाँच जनाको सिफारिस गरिएको छ । राष्ट्रिय सभामा कांग्रेसले अञ्जना लिथेप, चक्रबहादुर विसुन्के, सल्लेन नेपाली, टंकप्रसाद राई र थलकुमार लिखाको नाम सिफारिस गरेको छ ।

जिल्ला समितिका अनुसार विभिन्न भू–भाग, समुदाय र अनुभवलाई समेटेर सन्तुलित सूची बनाइएको छ ।

– दीपेन्द्र शाक्य