12/11/2025, 21:45:56
बिहिबार, मङि्सर २५, २०८२

उदयपुरमा कांग्रेसबाट उम्मेदवारका लागि १९ जनाको नाम सिफारिस


काठमाडौँ, मङ्सिर २५ : आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका लागि उदयपुर कांग्रेसले १९ जनाको नाम सिफारिस गरेको छ।

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिबाट आएको सिफारिसका आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारका लागि १९ जनाको नाम सिफारिस गरिएको जिल्ला सभापति हिमाल कार्कीले जानकारी दिए। कार्कीका अनुसार उदयपुर-१ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि केन्द्रीय सदस्य डा.नारायण खड्का, अर्का केन्द्रीय सदस्य लक्ष्मी परियार र पूर्वजिल्ला सभापति विदुर बस्नेतको नाम सिफारिस गरिएको छ।

त्यस्तै, उदयपुर-२ बाट प्रत्यक्षतर्फ सञ्जिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ नारायणबहादुर कार्की, सत्यनारायण चौधरी, सीता राई र रामकुमारी शाहको नाम सिफारिस भएको जिल्ला सभापति कार्कीले जानकारी दिए।

त्यस्तै, राष्ट्रियसभातर्फ हेरम्बबहादुर थापा, अर्जुनकुमार खड्का, प्रमिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लिङ, सुमन परियार, जन्मजय राई, हिरामान मोते र संजा दनुवारको नाम सिफारिस भएको छ।