नेपालगन्ज, मङ्सिर २५ : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक पार्टीले जनताका मुद्दा उठाएनन् र देश विकास गरेनन् भन्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ ।
नेकपा बाँकेले बिहीबार नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक नेपालले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा धेरै राम्रा-राम्रा काम भएको दाबी गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेला भए गरेका राम्रा र जनपक्षीय कामलाई जनतासम्म लैजाने बेला आएको बताउनुभयो । उहाँले जनताको अदालत भन्दा ठुलो अदालत अरु कुनै पनि नहुने जनाउँदै आफूहरु अहिले जनताको अदालतमा आएको प्रष्ट पार्नुभयो ।

नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको सो सन्देश सभामा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, कर्णजित बुढा र युवा नेता अब्दुल हुसेन खाँ लगायतले सम्बोधन गर्नुभयो ।
– सिराज खान
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










