12/11/2025, 18:34:05
बिहिबार, मङि्सर २५, २०८२

षडानन्दमा बोलेरो जिप दुर्घटना : ११ जना घाइते


संखुवासभा, मङ्सिर २५ : भोजपुरको षडानन्द नगरपालिका–१२ दुःखी डाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । झ्याउपोखरीबाट तुर्केतर्फ आउदै गरेको मे १ ज २०६६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीचौकी देउरालीबाट प्रसनि पदमबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । जिपमा चालकसहित ११ जना सवार थिए । चालक मोहन तामाङलाई टाउकोमा सामान्य चोट लागेको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चालकले मापसे गरेको नभएको र उहाँको सवारी चालक अनुमति पत्र सक्कलसहित अवैध नभएको पुष्टि भएको छ । घाइते सबैलाई उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीका अनुसार सामान्य चोट लागेका घाइतेहरूमा खेमराज श्रेष्ठ (तुम्लिङटार), तेन्जिङ भोटे, अंकित चौधरी, रित्तेक्चुक भोटे, सङ्गीता कार्की, कमला श्रेष्ठ, कुमारी माया, मेनुका राई, जमबहादुर लिम्बु र विष्णु ढकाल रहेका छन् । सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

– सुजन बज्राचार्य