12/10/2025, 05:20:26
मङ्गलबार, मङि्सर २३, २०८२

नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनु पर्छ : राप्रपा


काठमाडौँ, मङ्सिर २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेन-जी पुस्ताबिच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ ।

मङ्गलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताउनु भयो । यी तीन पक्षबिचको सहमतिबाट मात्र अघि बढनुपर्ने उहाँको माग छ । उहाँले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराउनु भयो ।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिनु भयो । उहाँले भन्नुभयो, “नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनु होस् । चुनावमा हतार नगरौँ । यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..