फुङलिङ, मंसिर १२ गते । दोस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।
विजेता टीम गणेश चोकले नगद तीन लाख दुई हजार ८२ रुपियाँ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ९४० किलोग्रामको ९२ हजार रुपियाँ रहेको थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएको आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो ।
उहाँका अनुसार उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत एक लाख पचास हजार ८२ रुपियाँ बराबरको अलैँची प्रदान गरिएको छ । तोक्पेगोलालाई करिब एक मन १५ किलोग्राम अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ।
ताप्लेजुङको मिक्वाखोला –४ साँवाको तेम्बा बजारमा आयोजना भएको पर्यटन तथा सांस्कृतिक मेला अन्तर्गत आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा सेमिफाइनल खेलमा गणेश चोकले ग्रीनभ्याली मेरिङदेन नाल्बुलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस्तै, तोक्पेगोलाले रेड डेभिल्स इलामलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पाँचथरसँगको भेट पक्का गरेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












