ताप्लेजुङ, मङ्सिर १२गते। धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न पार्टी खोलेको बताउनुभएको छ। बिहीबार श्रम संस्कृति पार्टी सङ्गठन घोषणाका लागि ताप्लेजुङ आउनुभएका साम्पाङले आफू अरुलाई नभई आफू नै प्रधानमन्त्री बन्नका लागि पार्टी खोलेको बताउनुभएको हो।
उहाँले घोषणा सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘मैले अरुलाई प्रधानमन्त्री बनाउन पार्टी खोलेको होइन। म आफैं प्रधानमन्त्री बन्ने हो।’
एक पैसा पनि भ्रष्टाचार नगर्ने उहाँको प्रतिबद्धता रहेको छ। आफूले टालाटुली सरकारमा विश्वास नगर्ने उहाँले प्रष्ट पार्नुभयो। नेपाली जनताले आफ्नो पार्टी बहुमत दिनुपर्ने उहाँको भनाइ छ।
_साहारा लिम्बू
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















