काठमाडौँ, मङ्सिर १० गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ ।
सचिवालय बैठकले इन्चार्जको भूमिका रहेका ने ताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली रहेको प्रदेश इन्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ ।
प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका नेताहरू पार्टीको सचिवालय सदस्य समेत हुन् । २१ फागुनको निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इन्चार्जबाट पदमुक्त गरिएको रास्वपाले जनाएको छ ।
प्रदेश इन्चार्जको जिम्मेवारीबाट मुक्त गरिएकाहरूलाई निर्वाचन केन्द्रित गतिविधिमा लगाउने निर्णय भएको छ ।
सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।’
विगतमा जिम्मेवारी पाएका नेताहरूलाई फिर्ता गरिए पनि केन्द्रीय सदस्यबाट हुने गरी नयाँ व्यक्तिलाई इन्चार्ज तोकिएको भने छैन ।
रास्वपाले गत वैशाखमा सातै प्रदेशका इन्चार्ज तोकेको थियो । कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल इन्चार्ज तोकिएको थियो ।
कोशी इन्चार्जको जिम्मेवारीमा रहेका परियारले रास्वपा परित्याग गरिसकेका छन् ।
सहमहामन्त्री विपिन आचार्यका अनुसार २१ फागुनको निर्वाचन नजिकिएकाले नेताहरूलाई चुनाव केन्द्रित क्रियाकलापमा जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














