घोराही, मङ्सिर १ गते । लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार चार सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा दस हजार पाँच सय ३७ जना मतदाता थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । जसमा पाँच हजार नौ सय ५६ पुरुष र चार हजार पाँच सय ८१ जना महिला मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बाँके जिल्लामा नौ हजार चार सय ७३ जना नयाँ मतदाता थपिएका छन् । सूचना अधिकारी कुँवरका अनुसार बाँकेबाट महिला र पुरुषको तथ्याङ्क अपडेट हुन सकेको छैन ।
त्यसैगरी, कपिलवस्तुमा पुरुष दुुई हजार आठ सय ७८ जना, महिला तीन हजार ५१ जना र एक जना अन्य गरेर पाँच हजार नौ सय ३० जना, दाङमा पुरुष दुई हजार आठ सय ४२ जना, महिला दुई हजार ८८ जना र दुई जना अन्य गरेर चार हजार नौ सय ३२ जना, नवलपरासी पश्चिममा पुरुष दुई हजार सात सय तीन जना, महिला दुई हजार दुई सय २४ जना र एक जना अन्य गरेर चार हजार नौ सय २८ जना नयाँ मतदाता थपिएका छन् ।
सूचना अधिकारी कुँवरका अनुसार बर्दियामा एक हजार एक सय ३६ जना पुरुष र नौ सय २६ जना महिला गरेर दुई हजार ५९ जना, गुल्मीमा पुरुष एक हजार चार सय ५६ जना र महिला एक हजार २५ जना गरेर जम्मा दुई हजार चार सय ८१ जना, अर्घाखाँचीमा पुरुष एक हजार ६२ जना र महिला छ सय १९ जना गरेर एक हजार छ सय ८१ जना, पाल्पामा पुरुष छ सय ७० जना र महिला नौ सय १५ जना गरेर एक हजार पाँच सय ८५ जना नयाँ मतदाता थपिएका छन् ।
त्यसैगरी, रोल्पामा पुरुष तीन सय ७३ जना र महिला दुई सय ७३ जना गरेर जम्मा छ सय ४६ जना, रुकुम पूर्वमा पुरुष एक सय ६२ जना र महिला एक सय २८ जना गरेर जम्मा दुई सय ९० जना नयाँ मतदाता शनिबारसम्म थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिनुभएको छ । मतदाता नामावली दर्ताको काम निरन्तर भइरहेकाले नयाँ मतदाताको तथ्याङ्क बढ्ने भन्दै सूचना अधिकारी कुँवरले भन्नुभयो, ‘‘प्रदेशभर निरन्तर मतदाता नामावली सङ्कलनको काम भइरहेको छ, त्यो तथ्याङ्क अपडेट भइनसकेकाले आजसम्मको तथ्याङ्कन भन्न सक्ने अवस्था छैन ।’’
उहाँका अनुसार प्रत्येक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । मतदाता नामावली सङ्कलन गर्ने कार्य मङ्सिर ५ गतेम्म सञ्चालन हुनेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















